महोत्तरी, १८ मंसिर ।
महोत्तरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
माईस्थान गौशाला सडक खण्ड अन्तर्गत सुर्तिविकास चोकमा रहेको स्मारकमा गएराती करिव १० बजे मोटरसाईकल ठोक्किदा गौशाला नगरपालिका वडा नं. ८ का अन्दाजी १९ वर्षिय अमर पाँचेको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही स्थानका अन्दाजी १७ वर्षिय युवराज बलम्पाकी गम्भिर घाईते भएका छन् । घाईते बल्मपाकीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताए । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here