रौतहट १८ मंसिर ।
रौतहटस्थित पिपरा बजारका व्यापारीहरु आन्दोलित भएका छन्। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थितिका पिपरा बजारमा गए रात्रि इलाका प्रहरी कार्यलय गंगा पिपराको आगाडी बाट ३वटा पसलहरुमा चोरी भएको भन्दै पिपरा बजारका व्यापारीहरु आन्दोलित भएका हुन्। इलाका प्रहरी कार्यलय गंगा पिपराको आगाडी बाटै ३वटा पसलहरु चोरी हुँदा समेत प्रहरी चुप लागेर बसेको भनि स्थानिय व्यापारी आन्दोलित भएका हुन्। गंगा इंटरप्रिजस, धर्मेन्द्र मोबाइल पसल, मोहन कवाड़मा चोरी भएको बताइएको छ। स्थानीय ब्यापारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here