सप्तरी ४ मंसिर ।
सप्तकोशी नदीमा डुंगाको प्रयोग गरी लाखौंको तस्करीका सामान सहित २ जना पक्राउ परेका छन् ।
डुंगामा लोड गरी ल्याउँदै गरेको ८ लाख ९३ हजार मुल्य बराबरको अवैध सरसामान प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बाट उनीहलाई पक्राउ गरेको हो ।

अटोरिक्सा चालक सोही नगरपालिका निवासी २० वर्षीय सेवाज खंग र समानधनी महोत्तरीको गौशाला नगरपालिका २ निवासी ३६ वर्षीय सन्तोष कुमार साह पक्राउ परेका छन् ।

सप्तकोशी नदी हुँदै भारतबाट अबैध रुपमा डुंगामा लोड गरी ल्याउँदै गरेको बाला र चुरा सेट, खम्बा फुल र सप्तरंगी कागजलगायतका सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

दुई महिनाको अवधिमा डुंगाबाट तस्करी गरी ओसारपसार गर्न लागिएका १९ लाख भन्दा बढीका सरसामान बरामद गरी भन्सार कार्यालयलाई बुझाइएको उनको भनाइ छ ।

बुधबार सोही नगरपालिकाको वडा नं १४ स्थित हनुमाननगर–कुनौली सडकखण्डमा चेकजाँचको क्रममा भारतबाट भन्सार छलेर प्रदेश नं १–०४–०००१ ह ००७३ नम्बरको अटोरिक्सामा लुकाई छिपाई ल्याउँदै गरेको ३ लाख ८ हजार मुल्य बराबरको बाला र चुरा सेट प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको तस्कारीका सामान भन्सार कार्यालय चलान गरी पक्राउ परेका व्यक्ति उपर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here