रौतहट, ६ पौष ।
किसानहरुको पैसा ठगी गरेको भन्दै रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको साविक सखुअवा धमौरा गा.वि.स.वडा नं.७ हाल वृन्दावन न.पा.वडा नं.६ हर्षाहा टोल वस्ने वर्ष २८ को अनिल कुमार पटेलले ओम्नी अटोमोबाईल प्रा.लि.चन्द्रनिगाहपुरको ट्याक्टर सो रुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम लिई कम्पनीमा नबुझाई ठगी गरेको भन्दै प्रहरीले पत्राउ गरेको हो ।
२०७५।०४।०१ गते देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनि बुझि लिई कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई रु.४४,७८,५००।( रकम ठगी गरेको भन्ने व्यहोरा जाहेरी दरखास्त परेपछी जाहेरी दरखास्त दर्ता गरी निज अनिल कुमार पटेललाई आईतबार पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालतबाट दिन ७ (सात) न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी गरेकोमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले आफनो समाजिक संजाल फेसबुक मार्फत जानकारी गराएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here