बारा ३ मंसिर । बारामा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य केही गम्भीर घाइते भएका छन्। पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा सुमो जिप दुर्घटनामा परी जितपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ सुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा सडक नजिकैको विद्युतीय पोलमा ठोक्किएर दुर्घटना भएको हो। तीव्र गतिका कारण घुमाउरोमा अनियन्त्रित भई सुमो पोलमा ठोक्किएको प्रहरीको भनाइ छ।दुर्घटनामा सुमोका चालक रामभजन धामी ,सावित्री चौधरी, सरस्वती धामी लगायत गम्भीर घाइते भएका छन्। अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। उनीहरुको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ।चालक रामभजनको अवस्था नाजुक देखिएपछि थप उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ। रामभजनले १५ दिन पहिला मात्रै सुमो खरिद गरेका थिए। घटनास्थलमा मृत्यु हुने धामी उनकै दिदी हुन्। आफैँले किनेको सुमोमा आफन्तसहित टोलछिमेकका महिलाहरुका लागि छठको सामान खरिद गर्न कलैया जाँदै गर्दा सुमो दुर्घटना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here