वीरगञ्ज, १६,जेष्ठ  ।

वीरगञ्जमा २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पक्राउ गरेको हो ।

उनीहरु तीनै जनाविरुद्ध जर्बजस्ती करणी र मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।प्रहरीका अनुसार ०७९ जेठ ५ गते सुरजले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाएका थिए । सुरजले बसपार्कस्थित एक होटलमा लगेर पटक पटक करणी गरेपछि जेठ ९ गते २ सय रुपैयाँ दिएर काठमाडौं फर्किन भनेका पीडितले प्रहरी समक्ष बताएकी छन् ।

तर युवती नमानेपछि सुरजले वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालक लक्ष्मीको जिम्मा लगाएर आफू फरार भएका थिए । जेठ १० गते लक्ष्मीले ‘विवाह गर्छ’ भनी झुक्याई युवतीलाई हरिचन्द्रनाथ योगीको साथमा पठाएकी थिइन् ।तर योगीले पनि जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । जेठ १४ गते राति युवती भागेर आफन्तको सम्पर्कमा पुगेकी थिइन् । आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।प्रहरीले आइतबार वीरगञ्जका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here