पर्सा २५ कात्तिक ।
पर्सामा पनि लागूऔषध इन्जेक्सन १८ सय एम्पुलसहित दुई जना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका ९ रामपुर बस्ने बिस वर्षीय रोशन साह कलवार र २९ वर्षीय चन्दनप्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रोशनको हातमा रहेको व्याग खानतलासी गर्दा लागूऔषध इन्जेक्सन फेनारगन, डाइजेपाम र नुर्फिन १८ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरकाले जानकारी दिए ।

सोमबार दिउँसो २ बजे वीरगञ्ज २५ सिर्सियामा रोशन साथीलाई कुरेर बसिरहेका बेला उक्त परिमाणको अवैध लागूऔषध फेला परेको थियो । रोशनले नै दिएके सूचनाको आधारमा साँझ ७ बजे कलैयास्थित बालमन्दिर अगाडिको सडक खण्डबाट ना २० प ६४२८ नम्बरको मोटरसाइकलमा सवार चन्दन पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here