बारा २५ कात्तिक ।
बारा कलैया उपमहानगरपालिका २४ सखुईमा सोमवार साँझ भएको आगलागीवाट सात घरमा क्षति पुगेको छ।

शोभालाल चौधरीको घरबाट शुरु भएको आगोले छिमेकी टुकल महतो, रामअवतार चौधरी, शिशुपाल चौधरी, रामकिशोर चौधरी, करीखा थारु र रामलाल चौधरीको घर जलेको प्रहरीले जनाएको छ। घर फुसको छानो र टालीले बेरा लगाएको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।


दमकलको प्रयोग गरेर प्रहरी चौकी जैतापुरवाट खटिएका प्रहरी र स्थानीयहरुको प्रयासले आधा घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
आगोलागीबाट सात लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here