रौतहट २५ कात्तिक ।
रौतहट प्रहरीले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ७ भवराटोल बस्ने २३ वर्षीय सोमबहादुर लामा र सर्लाहीको बागमती नगरपालिका १२ बागमती बस्ने ३० वर्षीय दिलबहादुर थिङ्ग छन् । इर्लाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलसहिया जाने बाटोमा ना १६ प ७८२५ नं को मोटरसाईकलमा लुकाईछुपाई ल्याइरहेको औषध अफिम १ किलो ८०० ग्रामसहित उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here