बुटवल, २४ कात्तिक ।
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जनाए ।

उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १ सय ९८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here