चितवन २४ कात्तिक।
जिल्लाले मोटरसाइकल चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको हो । चोरी भएको उजुरीका आधारमा प्रहरीले चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका ५ घर भई हाल खैरहनी नगरपालिका ९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका ३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका ७ का २४ वर्षीय महेश चौधरी रहेका छन् ।

यस्तै, मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका ११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरी, चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका १२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको हो। संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here