रौतहट २१ कात्तिक । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा स्वास्थ्य चौकीको स्थापना गरिएको छ ।

वृन्दावन नगरपालिका वडा न. ९ स्थित भुषहामा वडा अध्यक्ष नाजिर हुसैनको विशेष पहल र मेयर राम स्नेही यादवको सक्रियतामा स्वास्थ्य चौकीको स्थापना गरिएको हो ।

विश्वभरी फैलीरहेको कोरोना भाइरसका कारण स्वास्थ्य चौकी निर्माणको काम रोकिएको हो । स्वास्थ्यमा समस्या आएपनि सामान्य उपचारका लागि समेत कठिनाई भएकोले तत्कालका लागि घरभाडामा लिएर स्वास्थ्य चौकी स्थापना गरिएको मेयर राम स्नेही यादवले बताए ।

आज आयोजित एक कार्यक्रमका बिच बोल्दै स्वास्थ्य क्षेत्र चिन्ताको विषय भएको र सोही कुरालाई मध्यनजर गर्दै जग्गा खरिद देखि भवन निर्माण सम्मको व्यस्थामा आफ्नो र पालिकाको तर्फबाट काम गरिने प्रयास रहने मेयर यादवले विश्वास दिलाए ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु हेल्थ असिस्टेन्ट देवेन्द्र पण्डित, अ.हे. ब. मोहमद समीर आलम, अ. न. मी रुबी अनबरी लगायतका स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछ्न् ।

यसैगरी, आवश्यक औषधि र बेडको व्यवस्था नगरपालिकाले गर्नेछ ।
वडाध्यक्ष हुसैनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका मेयर यादवको प्रमुख आतिथ्यता थियो । यसैगरी, विशिष्ट अतिथिमा उपमेयर नुर जहां खातुन, नेकपाका प्रतिनिधि परवेज आलम र सम्सुल अंसारी, प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव र स्वास्थ्य संयोजक राम नरेश यादव, पुर्व मुखिया शेख सतार, समाजसेवि मुनेसर महतो लगायतको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here