रौतहट २१ कात्तिक ।
रौतहट जिल्लाको गढीमाइ नगरपालिकामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चेतनामुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वडा न. ६ मा वडा अध्यक्ष राम सिंहासन राय यादवको अध्यक्षतामा आगलागी तथा पटका प्रयोग बिरुद्ध चेतनामुलक कार्यक्रम सम्पन्न गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
नागरिकले जथाभावी पटका पटकाउने र आगो जस्तो संवेदनसिल कुरालाई जथाभावी प्रयोग गर्नाले संकट आइ पर्ने हुदा सचेत रहन प्रहरीले नागरिकहरुलाई आग्रह गर्नु भयो । आउदै आएको दिपावलीमा अत्याधिक रुपमा पटका नागरिकहरुले पटकाउने हुदा यस्ता कार्य नगर्न प्रहरीले अपिल गरेको छ ।
सो कार्यक्रम प्रहरी चौकी धरमपुर रौतहटका प्र.स.नि.बिनोद साह कलवरले सञ्चालन गर्नु भएको थियो । गत कार्तिक १७ गते सोही नगरपालिकाको वडा नम्बर ४ मा पहिलो कार्यक्रम सम्पन्न गरेको थियो ।








