रौतहट २० कात्तिक।
रौतहटको चन्द्रपुरमा अव्यवस्थित पार्किङ हटाउन नसक्दा सडक दुर्घटना हुने गरेको छ ।
सोही कारण चन्द्रपुरका युवाहरुले चन्द्रपुर नगरपालिका तथा सडक डिभिजन कार्यालयमा विहिबार तालाबन्दि गरेका छन । बुधबार अव्यबस्थित पार्किङको कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का २० बर्षिय बिशाल थापा मगरको दुर्घटनामा परि मृत्यु भएपछि चन्द्रपुरका युवाहरुले अव्यवस्थित पार्किङ हटाउनको लागि चन्द्रपुर नगरपालिका कार्यालय तथा सडक डिभिजन कार्यालयमा विहिबार तालाबन्दि गरेका हुन ।
् नेपाल सरकारको मापदण्ड अनुसार पुर्व पश्चिम राजमार्गमा २५ मिटर तथा चन्द्रपुर देखि गौर सडक खण्डको १५ मिटर सडक खालि गर्नको लागि सो कार्यालयहरुमा तालाबन्दि गरिएको नेपाली काग्रेंस रौतहटका नेता सुमन गौतमले जानकारी दिनु भयो ।
उहाले ट्राफिक व्यवस्थापन तथा सम्बन्धित निकायको चरम लापरबाहीले दिनदिनै घटेको दुर्घटनालाई रोक्न चन्द्रपुर भरिको सडक तुरुन्तै खालि गर्नु पर्ने बताउनु भयो । अब युवा जमात आन्दोलनमा उत्रिने चेतावनी समेत दिनु भएको छ । पछिल्लो समय चन्द्रनिगाहपुरको सडकको अवस्था तथा अव्यवस्थित पार्किङले गर्दा दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ








