सप्तरी १५,कात्तिक ।
सप्तरीबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी कार्यालय बोदे बरसाइन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले बोदे बरसाइन नगरपालिका-१० खडकपुरका ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो । जिल्लाको खडकपुर चौकमा यादवले नै सञ्चालन गरेको कुखुरा फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाइट्रोभेट ट्याब्लेट, ३५ थान डाइलेक्स डीसी बोतल, ७ थान डाइजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो । लागुऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here