1205778418

काठमाडौं, १४ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ९ ८९ पिसिआर परीक्षण गर्दा थप ३ हजार ५ सय १७ जनामा कोरोना पोजेटिभ आएको हो । मन्त्रालयको अद्यावधिक विवरण अनुसार १ हजार ३ सय ६१ जना महिला र २ हजार १ सय ५६ जना पुरुष गरि थप ३ हजार ५ सय १७ जना नयाँ संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको हो । यस्तै गत २४ घन्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ । यो दर कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो । यसैगरि हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५६ रहेको छ । यो दर कुल संक्रमितको २२ दशमलव ८ प्रतिशत हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here