बारा १४,कार्तिक ।
बारा जिल्लामा मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौटहट फतुवा बिजयपुर नगरपालिका–११ भैँसाहीका २३ वर्षीय धर्वेन्द्र चौधरी छन्।बाराको बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा ना. ४७ प १९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।








