1205778418

काठमाडौं, १२ कात्तिक ।
नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुने दर ७५ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । यो दर कुल संक्रमितको ७५ प्रतिशत हो । यस्तै गत २४ घन्टामा ८ हजार २ सय ४८ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here