काठमाडौं ११ कात्तिक ।
काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरी छन् । उनले चलाएको प्रदेश ३–०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा सोमबार साँझ ठोक्किँदा उनी घाइते भएका थिए । त्रिवि शिक्षण अस्पताल महाजञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here