सर्लाही ५,कार्तिक।
सर्लाहीमा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकामा
बलरा नगरपालिका–४, का जगु सहनीका छोरा ९ वर्षीय आदित्य कुमार सहनीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।घर नजिकैको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सीमा प्रहरी चौकी बलराका सई सुरेश खत्रीले जानकारी दिनुभएको छ। बालकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here