यो स्वविचारले व्यक्तिगत रुपमा गर्न चाहेका र गर्न सक्ने ले मात्र गर्नु पर्ने कुरा हो न कि मन नलागी नलागी, नसकी नसकी पनि आलोक प्रिय भइन्छ भनेर डर मानी फिर्ता गर्नु पर्ने बाध्यात्मक परिस्थिति मा । कि सरकारले पहिलेनै यो बर्ष भत्ताको ब्यबस्था नगर्नु पर्ने थियो । सरकारी कर्मचारीको पनि भत्ता नहुने ब्यबस्था गरिएको भए राम्रो हुने थियो। निजी बैंक जसले राष्ट्र बैंकको पैसा चलाउछ तिनका CEO हरु जो सांसद भन्दा ३ गुना बढी तलब लिन्छन तिनले पनि एक महिनाको तलबको केहि प्रतिसत स्वएच्छिक रुपमा कोरोना पिडितको कोष बनाई सहयोग गरी उदारहण कायम गरे हुने। यो लेखि रहदा म जस्तो सामन्न्य आर्थिक हैसियत भएको मानिसले पनि केहि रकम सहयोग गरे हुने, तर मैले सोचे जति गर्न सकेकी छैन किनकि म मा त्यो क्षम्मता छैन अहिले र यसमा मलाई संकोच छैन किनकी यो मेरो बास्तबिकता हो।

विदेशी राजदुताबासबाट दशैको उपहार लिने पत्रकारले जनप्रतनिधि त्यो पन राष्ट्रिय राजनीतमिा विषेश पहचिान बनाएका सांसदलाई पनि दशैँ भत्ता लिइस भनेर हप्काएको देख्दा उदेक लाग्ने। जाबो होटलमा कार्यकर्ताले बसी खाएको बलि र अलिकति दशैँ खर्च पनि दिन नसक्ने नसक्ने सांसद पनि के सांसद, अर्को चोटी चुनाबमा देखाई दिउला भन्ने उनकै कार्यकर्ताको धम्कीबाट नरिही हुने सांसद, तिहारमा भैली खेल्न जादा मनग्य उपहार र चन्दा दिन नसक्ने सांसद पनि के सांसद भनेर भन्नेहरुलाई खुसी पार्नु पर्ने चिन्ता लिने सांसद । यस्ता चिन्ता र डरबाट ग्रसित हुनु पर्ने सांसदबाट मात्रै कति भत्ता खोसिनु पर्ने ? १० मिनटको कामलाई १० वोटा कोठामा रगिएर १० दिन लगाई दिने हाकिम साहेबहरुको पनि एक चोटीको मात्र भत्ता कटाएर उहाँहरुलाइ पनि चोख्याई महान राष्ट्रसेवक भनेर प्रशंसा गर्ने हो किन कि हामी त प्रशंसा गर्नु परे यसरी गर्छौ कुनै शब्दै बाँकी रहदैन र आलोचना गर्नु परे शब्दकोषमा नै नभएका शब्द पनि प्रयोग गर्दछौ, विषेश गरि सामाजकि संजालमा।
त्यसैले सवाल तलबको होइन सवाल कामको हो सवाल भत्ताको होइन, सवाल नीति निर्माणको हो। सांसदज्यूहरुको पनि परिवार हुन्छ , दैनिकी खर्च हुन्छ, जिल्लामा आवत जावत हुन्छ त्यसैले समस्या ऊहाँहरुले लिने तलबको होइन समस्या हो उहाँहरुले गर्नु पर्ने काम प्रबाभकारी ढंगले नभएको ।

आफ्नै पार्टीका मन्त्रि हरुले भ्रस्टाचार गर्दा बोल्न नसक्नु , प्रतिनिधि सभाका सदस्यहरुले कानुन तथा निंति निर्माणको काम भन्दा मन्त्रि बन्न र अर्को चोटीको संसदको टिकटको सुनिस्चितको लागि आफ्ना सिर्सस्थ नेताको चाकडी गर्न समय खर्चिने, चुनाब हारिन्छ कि भन्ने डरले ठेकेदार र अपराधिक समूहलाई पनि रिझाउन पर्ने। सांसदज्यूहरु तपाईहरु यति धेरै बाद्द्यात्मक परिस्थितिमा हुनु हुन्छ अनि कसरि जनताको लागि काम गर्न सक्नु हुन्छ ? सबै भन्दा पहिले त्यो बाध्यता हटाउनु होस अनि मात्र काम गर्न सक्नु हुन्छ। बस्ताबमा भन्ने हो भने यो बाद्द्यता सांसदज्युहरुले आफै बनाउनु भएको हो किन भने मन्त्रि पदको राप र ताप संग तपाई हरुको मोह छ अनि चुनाब लडे पछी कुनै हालतमा पनि जित्नै पर्छ भन्ने दबाब, साम दाम दंड भेद सबै प्रयोग गरेर भए पनि जित्ने पर्ने । माननीयज्युहरु मन्त्रि बन्नै पर्छ भन्ने छैन, मन्त्रि नबन्दा पनि तपाइको व्यक्तित्त्वमा कुनै कमि आउदैन। अमेरिकामा मन्त्रि भन्दा सिनेटरको गरिमा बढी हुन्छ, सायद अमेरिकी लोकतान्त्रिक प्रणाली नै फरक भएर भन्नुहोला तर नेपाल मै पनि प्रदिप गिरिलाई हेर्नु होस उहाँ चाहेको भए मन्त्रि त के प्रधानमन्त्री कै दौडमा पनि हुन् सक्क्नु हुन्थ्यो। मन्त्रि नभए पनि उहांको भूमिका कम प्रबाभकारी छैन । उहाँले विषम परिस्थितिमा पनि चुनाब जित्नु भयो किनकि उहामा चुनाब लडे पछि जित्नै पर्छ बन्ने दबाब थिएन।

कहिले काही आफ्नो पार्टीको भन्दा फरक विचार राख्ने हिम्मत पनि गर्नु हुन्छ किनकि उहाँलाई कसैलाई रिझाउनु पर्ने छैन। सांसद यसरि पनि बन्न सकिन्छ।अधिकांस प्रत्यक्ष चुनाब जितेर आउने प्रतिनिभी सभाका सदस्यसंग लोकतन्त्रका लागि लडेको लामो इतिहास छ, जनयुद्धमा भाग्य बस बाँचेका पनि हुनुहुन्छ। आज मैले उहाँहरुको निस्फिक्री यसरी बिरोध गरेर लेख्ने अधिकार पाउनमा पनि उहाँहरुकै योगदान छ। यसरी पन्च्यातको निरंकशुता संग नडराएका निडर सांसदज्युहरु , जनयुद्धमा सेनाको गोलिलाई हत्केलाले छेक्न आँट भएका माननीयज्युहरु आज यति निरही त्यो पनि आफ्नै सिर्सस्थ नेताको अगाडी। जब जब भ्रस्ट कर्मचारीहरु, बिभिन्न माफियाहरु तपाईहरुको खिल्ली उडाउछन अनि तपाईहरु मौन बस्नु हुन्छ लाग्छ लोकतन्त्र कै खिल्ली उडीरहेछ। लोकतन्त्रमा बिस्वाश गर्ने ति आम जनता जसले तपाईहरुलाई मत दिए लाग्छ, त्यो जनमतको पनि खिल्ली उडी रहेकोछ। तपाईहरुको संघर्षले लोकतन्त्र आयो त्यो तपाईहरुको सफलता हो यसमा गर्ब गर्नु पर्छ त सांसदको टिकट पाए मात्र सफल, टिकट पाए पछि चुनाब जिते मात्र सफल अनि चुनाब जिते पछि मन्त्रि बने पछि मात्र राजनैतिक जिबन सफल हुन्छ भन्ने मान्यता राख्दै जादा सिंगो प्रणाली नै असफल हुने अवस्था आउन थालेको छ। जब सम्म यो व्यक्तिगत सफलता र असफलता को भय रुपी तराजु आफ्नो मनस्थितिबाट हटाउनु हुन्न तब सम्म तपाईहरु यसरी नै सरकार बनाउने संख्या मा मात्रै गिन्ती भएर भूमिका बिहिन सांसद हुनु हुनेछ र यसरी भूमिका बिहिन हुने संरचना मात्रै होइन संस्कार नै बस्नेछ र यो संस्कारमा आशा लाग्दा माननीय राम कुमारी झाक्री, गगन थापा होस या विश्व प्रकाश शर्मा सबैको हबिगत यस्तै हुनेछ। मैले यो लेखि रहदा यो लेखकको शिर्षक मात्रै हेरी मलाई गाली गरेर धेरैले कमेन्ट पनि गर्नु हुन्छ, होला तै पनि यो मनमा लागेको भएर लेखेकी छु किनकि मैले केहि अपेक्षा राखेर लेखिरहेको छैन।

क्षणिक लोकप्रियताको लागि मानिसले जे पढदा खुशी हुन्छन तेही लेख्यो भने त तपाइले आफ्नो आत्माको कहिले सुन्नु हुन्न। तपाईहरुकै योगदानले दिलाएको स्वतन्त्रताले म जस्ता सामान्य नागरिक लाई यसरि लेख्ने आँट दिलाएको हो। त्यसैले माननीयज्युहरु निडर भएर अन्नाय र बेतिथीको बारेमा स्वतन्त्र भएर संसदमा बोल्नु होस्। बिशेष गरि संसदीय समितिले आफु अन्तर्गतका मन्त्रालयहरुलाई नियमन गर्नुहोस। हरेक संवैधानिक नियुक्तिहरुको प्रभाबकारी सुनुवाई होस। आबस्यक परे सरकारका सिफारिसलाई निस्पक्ष भएर रोक्ने हिम्मत राख्नु होस। लोकमान सिंह कार्की प्रकरण जस्तो नहोस। प्रतिनिधि सभा सद्स्स्यहरुले आफ्नो चुनाबी क्षेत्रको भौतिक बिकासका कामलाई भन्दा समस्त देशको नीति निर्माणमा तल्लिन हुनु होस र हामी जनता पनि भौतिक विकासका काम संघीय सरकार भन्दा स्थानीय सरकार र प्रदेश सरकारसंग अपेक्षा राखौ। माननियज्युहरु इमान्दार, निडर र निर्धक्क भएर आफ्नो भूमिका प्रभाबकारी ढंगले निभाउनुहोस। नत्र भने यसरी सधै तपाईहरुको तलब र भत्ताको कुरा आउनु भनेको अशोभनीय देखिन्छ र यसले संसदको गरिमालाई कमजोर बनाउछ र व्यवस्था बिरोधि गतिबिधि लाई थप मलजल मिल्ने छ। तपाईहरुको असफलताले ब्यबस्थालाई नै असफल बनाउने छ। (लेखक यमु शर्मा मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्ष एवम गितकार हुन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here