रौतहट १ कात्तिक ।
रौतहट जिल्लाको गुजरा नगरपालिकाको वडा नम्बर ५ का मुस्लिम मियां धुनिया १५ क्युफिट सालको काठसहित पक्राउ परेको चोंचा सव–डिभिजन बन कार्यालयका प्रमुख राजेश साहले बताउनु भएको छ । राष्ट्रिय बनबाट अवैध रूपमा सालको काठ लुकीछिपि लुकाएर राखेको बिशेष सूचनाको आधारमा धुनियाको घरमा खानतालासी गर्ने क्रममा उक्त काठ बरामद भएको प्रमुख साहले रेड खबर बताउनु भयो । पक्राउ परेका मुस्लिम मियां धुनियासहित काठलाई चोंचा बन कार्यालयमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताउनु भयो । विजया दशमी दिपावली तथा छठपर्वमा बनको सुरक्षार्थ बिशेष सुरक्षा योजना अनुसार वन गस्ति टोली खटाइएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here