रौतहट, २९असोज ।
२ नं. प्रदेश प्रहरीले कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाको बृन्दावन नगरपालिका ४ मा बालिकालाई जबरदस्ती करणी गरि हत्या गरेको प्रतिवादीलाई पक्राउ गरेको छ ।
रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुर टोल बस्ने सिताराम साहको छोरी हाल बृन्दावन नगरपालिका वडा नं. ४ बैधनाथ साह बाजेको घरमा सानै देखि बस्दै आएकी १४ वर्षिया बालिकालाई गत असोज १६ गते बिहान अन्दाजी ९ः०० बजेको समयमा निज बालिका गाई बस्तुको लागि घाँस पात लिन घर देखि पुर्व होसनरायण यादब समेतको रहेको उखु तिर गएको अवस्थामा सोहि दिन ४ः३० बजेको समयमा स्थानिय बस्ने सुखल राय यादबको छोरा बर्ष १० को अखिलेश यादबले होस नरायण यादबको उखु खेतमा बाख्रा धपाउन जाँदा निज बालिकालाई मृत अवस्थामा देखि हल्ला खल्ला गर्दा प्रहरीमा सुचना प्राप्त पश्चात प्रहरी टोलि घटना स्थलमा पुगी प्रारम्भिक अनुसन्धानको क्रममा स्थानिय बृन्दावन नगरपालिका बडा नं. ४ हर्दिया पल्टुवा बस्ने रामदेव साह तेलिको छोरा बर्ष ४५ को चुनु साह तेलिले ललाई फकाई बिभिन्न प्रलोभन दिई जवरजस्ती करणी गर्दा मृतक बालिकाले अरुलाई भनि दिने भनेपछि अन्य ब्यतिmले थाहा पाउने डरले हातले घाटी थिचि हत्या गरि फरार रहेकोमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको प्रहरी टोलिले गरुडा नगरपालिका वडा नं. ४ स्थितबाट लुकिछिपि बसेको अवस्थामा निज चुनु साहलाई पक्राउ गरेको बताएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृतक बालिका निजको छोरीको मिल्ने साथी रहेको र आफ्नो घरमा आउने जाने रहेकोले पहिले देखी नै बालिका प्रति नराम्रो दृष्टि रहेको र निजले अपराध स्विकार गरेको साथै सम्मानित रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप भई अनुुसन्धान भईरहेको समेत जनाएको हो ।
पक्राउ परेका तेलीलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याथ थप भई अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी गराएका छन्।
अपराधी पक्राउ परेपछि जिल्लामा प्रहरी तथा प्रशासनमाथि केही विश्वास बढेको पाइएको छ। जिल्लाका अन्य ठूला अपराधको घटनाका अपराधी पक्राउ पर्ने क्रमजारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here