रौतहट, २८ असोज ।
रौतहटको गरुडा नगरपालिका, वडा नं.४ मा रहेको बंशीराम अनाथालयका बालबालिकाहरुलाई मेचीमहाकाली बुहारी सयुक्त आवाज,रौतहटले दशैको उपलक्ष्यमा लत्ताकपडा वितरण गर्ने लागेको छ ।
बुहारी सयुक्त आवाज रौतहटका संयोजक पुजा पाठक तिमिल्सिनाले सधैभरि आ आफ्ना बालबालिकाहरुसंग दशै साटासाट गर्ने गरेकोमा यश वर्ष अनाथालयका बालबालिकाहरुलाई नै आफ्नो ठानेर तिनिहरुसंगैं साट्ने अवसरले आफुहरु अति नै खुशी र हर्षित हुन लत्ताकपडाहरु संगै खेलौनाहरु बाटन् लागेको जानकारी गराए ।
बुहारी सयुक्त आवाजले भोली बिहीबार एक कार्यक्रमका विच अनाथालयका ३२ जना बालबालिकाहरुलाई अनाथालयमै गई वितरण गर्न लागिएको संयोजक पाठकले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here