रौतहट २७ असोज ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका र गौर नगरपलिका बिचमा रहेको लाल बकैया नदीमा लच्का पुलको उद्घाटन एक पत्रकारले गर्नु भएको छ ।
सोमबार एक कार्यक्रमका बिच सो लच्का पुलको उद्घाटन प्रेस फोरम नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सदस्य किशोरी यादवले गर्नु भएको हो । गौर नगरपालिका र इशनाथ नगरपालिकालाई जोड्ने सडकमा पर्ने लाल बकैया नदीमा पक्कि पुल बनाउन नेपाल सरकारले टेन्डर गरेको भएतापनि सो पुल हालसम्म बन्न सकेको छैन । पुलको टेन्टर पाएको पप्पु कन्ट्रक्सन प्रा.लि. कालोसुचिमा परेपछि सो पुल निर्माणको काम हुन नसकेको स्थानियले बताएका छन । पुल बन्न नसकेपछि तत्काललाई बैकल्पिक उपायका रुपमा लच्चा निर्माण गरिएको किशोरी यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here