पार्सा २७ असोज ।
पार्साको वीरगंज महानगरपालिका २ छप्कैयाबाट एक नक्कली डाक्टर पक्राउ परेका छन् । यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका ३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here