बुटवल २६ असोज, ।
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here