रौतहट, २५ असोज ।
रौतहटको सदरमुकाम गौर नगरपालिका भित्र रहेको विधालयहरुलाई गौरी शंकर यादव फाउन्डेशन गौरले स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।


फाउन्डेशनका अध्यक्ष एवम समाजसेवी मोहन कुमार यादवले नगर भित्र रहेको श्री गौरीशंकर यादव फाउन्डेसनका अध्यक्ष मोहन यादवद्वारा गौर नगरपालिका भित्रका सामुदायिक आधारभुत विद्यालयहरुमा कोरोना सुरक्षा सामग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन आधारभुत विद्यालय सिर्सिया तथा आधारभुत विद्यालय पुरेनवामा सेनिटाईजर, फेस शिल्ड र वर्किंग ग्लोब वितरण गरिएको छ ।

अध्यक्ष यादवले कोरोनाको कहरका विच संचालनमा आएका विधालयका शिक्षक तथा विधार्थीहरुलाई स्वस्थ रहने उदेश्यले हैन्ड सेनेटाइजर ५ लिटर, स्तरिय माक्स १५ थान र हैण्ड वासिंग ग्लोब १० थानका साथै अन्य सामग्रीहरु विधालयका प्रधानाध्यापकहरुलाई हस्ताणतरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here