रौतहट ,२४ आश्विन । रौतहटको बौधिमाई नगरपालिकामा एकै दिन दुई प्रसुती गृहको उद्घाटन गरिएको छ ।
शुक्रबारका दिन बौधिमाई नगरपालिका वर्डा नम्बर ४ ईनरवारी र वर्डा नम्बर ६ पिपरियामा अलग अलग उक्त प्रसुती गृह उद्घाटन गरिए संगैं संचालनमा आएको हो ।
उक्त क्षेत्रका विधायक रामकिशोर यादव, जिल्ला समन्वय समिती रौतहटको उपसभापति राम अशिष राय यादव, गौर अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर कृष्णा साह एवम नगरका मेयर राजिव रंजन यादव संयुक्त रुपमा ईनरवारी र पिपरियामा संचालनमा आएको ५ सैयाको प्रसुति गृहको उदघाटन गरेका थिए।
ईनवारीमा प्रसुति गृह निर्माणका लागि सोही गाउँमा रहेको मठका महन्त सिताराम बैरागीले करिब १८ कठ्ठा उपलब्ध गराएका थिए ।








