झापा २० असोज।
यहाँको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई संक्रमण पुष्टि भएको हो ।

तिम्सिनाका अनुसार उहाँकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ ।
मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको तिम्सिनाले जानकारी दिनुभयो ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि नगरपालिका आज मंगलबार देखि ४ दिनका लागि बन्द गरिएको छ । जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here