चितवन, १९ असोज ।
चितवनमा ३ वर्षीय बालकसहित थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज ९सीएमसी० को कोरोना प्रयोगशालामा ६६ र भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशालामा १९ गरी आइतवार गरिएको परीक्षणमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ६६ जना जिल्ला भित्रका छन् भने १९ जना बाहिरी जिल्लाका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ४३ जना छन् । बाँकी २३ जना अन्य विभिन्न पालिकाका रहेका छन् । योसँगै भरतपुर महानगरपालिका भित्र अहिलेसम्म संक्रमित हुनेको संख्या झन्डै १५ सय हाराहारी पुगेको छ । जसमध्ये ७ सय ६२ जना निको भएका छन् । योसँगै जिल्लाका संक्रमितको संख्या झन्डै २३ सय पुगेको । जसमध्ये स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतवारसम्म १ हजार ३ सय १४ जना कोरोना संक्रमणमुक्त भई स्वस्थ भएका छन् ।








