पर्सा १९ असोज । पर्सा प्रहरीले लागु औषध चरेस बरामद गरेको छ। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले १ किलो ८ सय ग्राम चरेस बरामद गरेको हो। सरकारले सिमा सिल गर्दापनि पर्साको बाटो हुँदै लागु औषधको तस्करी रोकिएको छैन ।अन्य जिल्लाबाट ल्याएर पर्साको बाटो हुँदै लागु औषध तस्करीमा प्रहरीको संलग्न बढ्न थालेपछि तस्करी बढ्न थालेको स्थानीयको आरोप छ।








