नेपालगञ्ज १७ असोज ।
नेपालगञ्जमा आज फेरि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल स्थायी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँ बस्ने २५ वर्षीया महिलाको शुक्रबार साँझ ४।४५ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । भदौ ३० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी नेपालगन्जस्थित निदान डाइग्नोष्टिक सेन्टरको लेखा शाखामा कार्यरत थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here