रौतहट,१५ असोज
रौतहट जिल्लाको गौर नगरपालिका न २ महादेवपट्टीको दशगजा क्षेत्रमा श्रोत नखुलेको १५ लाख सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत जिल्ला सितामढी असोगि ५ बस्ने बर्ष २० को राजु कुमार कांहार रहेको रौतहट प्रहरीले जनाएको छ । दशगजा क्षेत्रमा भारतबाट नेपाल तर्फ आंउदै गरेको कांहार लाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट उक्त बराबरको रकम फेला परेको प्रहरीले बताएकोे छ । कांहारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहट ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here