मंसिर २१, सर्लाहीमा प्रतिबन्धित औषधि बेच्ने एउटा फार्मेसीलाई औषधी व्यवस्था विभागले सिलबन्दी गरेको छ । प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि सरस्वती अस्पतालभित्र रहेको । राजीव मेडिकल हललाई सिलबन्दी गरिएको औषधी व्यवस्था विभागले जनाएको छ ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसके पछि सिलबन्दी गरिएको फार्मेसी निरिक्षक दीपेन साहले जानकारी दिए ।

‘पसलबाट प्रिगआउट, क्लोबेटा जीएमलगायत १० प्रकारका दर्ता नभएका तथा प्रतिबन्धित औषधि बिक्री हुने गरेको देखिएको र सञ्चालन अनुमति पत्र समेत नभएपछि फार्मेसीलाई तत्कालै सिल गरेर सञ्चालकलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here