रौतहट १४ असोज, ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका हुन् ।
घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । सोही वडाका २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउँलेहरुलाई बाघले आक्रमण गरेको हो ।
वन क्षेत्रमा घाँस लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको डीएसपी शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here