गलकोट (बागलुङ), १० पुस |

बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि गर्न थालेको सातौँ बागलुङ महोत्सवको तयारी पूरा भएको छ ।यही पुस ११ देखि २१ गतेसम्म आयोजना हुने बागलुङ महोत्सव–२०८० को तयारीलाई अन्तिमरुप दिइएको छ । यसअघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्टाउँदै आएको थियो ।
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बताउँदै तयारी अन्तिम चरणमा पुगेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि विशेष तयारी भएको छ, मेलामा आउन सबैलाई निम्ता गर्दछु ।महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै कँडेलले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै स्टल राखिने बताउनुभयो । बागलुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको पाउडरको प्रवद्र्धन गरिने बताउनुभयो ।महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पु¥याउने अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने बताउँदै कँडेलले सामाजिक उत्तदायित्वसहितको महोत्सव गर्न थालिएको बताउनुभयो । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको आर्थिक कारोबार हुने कँडेलले बताउनुभयो ।महोत्सवको अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने सङ्घका महासचिव ऋषिराम गौतमले बताउनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य कल्याणकारी कोषमा रु पाँच लाख जम्मा गर्ने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग र कोसेली घर सञ्चालनमा ल्याउनका लागि सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here