सर्लाही ७, असोज ।
सर्लाहीको हरिपूर्वामा करेन्ट लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका ५५ वर्षीय कपिलदेव राय छन्। हाते कल (चापाकल) मा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। रायलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लाने क्रममा बाटोमै ज्यान गएको हो । मृतक राय जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् ।








