भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पारेका छन् ।शनिबार नेपाल–चीन सम्बन्धमा रुपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताएका हुन ।

मन्त्री अधिकारीले भने, ‘नेपालको हितमा हुने कुनै पनि कार्यक्रमका लागि सम्झौतामा पुग्नु अघि त्यसको पूर्व तयारी हुनुपर्छ । आवश्यकताका आधारमा अनुदान लिने हो र आवश्यक परेको खण्डमा ऋण पनि लिने हो । त्यसैले, हामीले चीनबाट ऋण लिदै नलिने भनेको होइन । सकेसम्म अनुदान नै लिन खोज्ने हो ।’

उनले थपे, ‘कुनै कुरा बुझेर मात्र अघि बढ्नुपर्छ । यहाँ गलत अर्थ लगाएर बुझियो । चीनसँग ऋण लिने छैन, अनुदान मात्रै लिने छ र सम्बन्ध बिगार्ने भन्ने हो भन्ने कुरा आयो । त्यस्तो होइन । चीनसँगको सम्बन्धलाई हामी सधैं सकारात्मक र पारस्परिक लाभकारी बनाउने छौं ।’

मन्त्री अधिकारीले नेपाल र चीन बीचको आर्थिक सहकार्यलाई स्पष्ट पार्दै आगामी दिनमा दुई राष्ट्र बीचको साझेदारीलाई अझ प्रगाढ बनाउन आग्रह गरेका छन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here