रौतहट ७ असोज ।
आउने १० गतेसम्म रौतहट लगाएत देशैभरका नदीहरुमा बहाव उच्च हुने भएकाले ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान गरीएकोछ ।
त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलवार को मापनअनुसार पनि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो अवस्थामा छ ।
यस्तै कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा पानीको बहाव बढ्ने पूर्वानमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here