मकवानपुर ,७ असाेज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले स्करपियो पुरिँदा एकजनाको ज्यान गएको छ । हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तर्गत् पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ देउराली नजिक पहिरो खस्दा स्करपियो पुरिएको हो । काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्करपियो पुरिँदा स्करपियोमा सवार एकजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । मृत्यु हुनेको पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार पहिरोसँगै स्करपियोलाई ठूलो ढुंगाले थिचेको छ । पहिरो पन्छाउने कार्य भैहरेको उनले बताए । थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here