काठमाडौं, ७ असोज ।
ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर पाटनका वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा बुधबार बिहान सवा २ बजे मृत्यु भएको छ । उनलाई ज्वरो आए पछि भदौ १६ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै, धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here