रौतहट ५ असोज ।
पुल निर्माणको विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछी सोमबार बिहान बारा र रौतहटका स्थानीयबीच झडप भएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका मेवा गाउँका स्थानीयबीच पुलको विषयलाई लिएर सुरु भएको विवादपछी झडप भएको हो । झडपमा परी पाँचजना घाइते भएका छन्।उक्त झडपमा घाइते हुने सबै रुपौलियका रहेको स्थानीय नुर आलमले बताउनुभयो। घाइते भएकाहरुको टाउकोमा चोट लागेको छ । दुवै गाउँको बीचमा रहेको अरुवा नदीमा पुल निर्माण गर्न थालिएपछि बारा रुपौलियाका स्थानीयबासिन्दाहरुले विरोध गरेका थिए । उनीहरुले नदीमा पुल निर्माण भएपछि नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै विरोध जनाएको आलमले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
दुवै तर्फका स्थानीयबासिन्दाहरुलाई सम्झाई बुझाई गरी घर पठाएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here