रौतहट ४ असोज ।
रौतहट जिल्लामा एक महिलामाथि धारिलो खुकुरी प्रहार भएको छ । जग्गाको बिषयलाई लिएर रौतहट जिल्लाको गुजरा नगरपालिका ९ स्थित अमतावा टोलमा एक महिलामाथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । रौतहट जिल्लाको गुजरा नगरपालिको अमतावा टोलमा एक ३८ वर्षीया महिला माथि छिमेकीसँग जग्गाको विवाद हुँदा खुकुरी प्रहार भएको प्रहरीले बताएका छन् । अमतावाका स्थानिय जुमराती मियाँले सडकमा पर्ने गरी कम्पाउण्ड वाल उठाएको र सो वाल सडकमा पर्ने गरी किन उडाएको भन्ने विषयमा सामान्य विवाद भएको थियो । छिमेकी ईन्तजारुल मियाँ धुनियाँकी श्रीमति ज्यादा खातुनले सडकमा किन वाल उठाएको भनेपछि जुमराती मियाँ पक्षका मानिसहरुले महिलामाथि ज्यान मार्ने उद्देश्ले धारीला खुकुरी प्रहार गरेको स्थानियले बताएका छन ।
स्थानियबासीका अनुसार जुमराती पक्षबाट ईन्तजारुकी श्रीमति खातुनमाथि खुकुरी प्रहार भएको हो । जुमराती पक्षका मानिसहरुको खुकुरी प्रहारबाट खातुनको टाउकोमा गम्भिर घाउ भएको प्रहरीले जनाएको छ ।
खातुनलाई खुकुरी प्रहार गरी जुमराती फरार भएका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यता घाईते खातुनलाई उपचारका लागी चन्द्रनिगाहपुरमा रहेको एपोलो सिटि हस्पिटलमा ल्याइएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि घाईते खातुनलाई नारायणी अस्पताल विरगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ भने खुकुरी प्रहार गरी फरार रहेका जुमरातीको खोजी कार्यसुरु गरिएको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here