बारा : बाराको कलैया उपमहानगरपालिका–६ मदरसामा बोडिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज (वुधबार) सार्वजनिक गरेको छ। कलैयामा सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक स्वर्णकारको गोलि हानि हत्या गरिएको थियो । बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न ८ जना मध्य प्रहरीले पाँच जनालाई मात्र सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका ६ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरीले जनाएको छ । राधा उक्त स्कुलकी पूर्व लेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ। हत्याका मुख्य योजनाकार भारतीय नागरिक मनोज गुप्ता भने फरार रहेको प्रहरीले प्रहरीले जनाएको छ। स्वर्णकारलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ। ‘विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ। त्यसमध्येका पाँच जना पक्राउ परेका छन्। बाँकीको खोजतलास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले पत्रकार सम्मेलनमा भने, ‘घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ।’ ८ जनालाई पक्राउ गरे पनि प्रहरीले ५ जनालाई सार्वजनिक गरे पछि प्रहरी माथि समेत शंका गर्न थालिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा घटना बारे खासै जानकारी दिन मानेको थिएन पत्रकारहरुले गरेको प्रश्नको जवाफ न दिदै पत्रकार सम्मेलन सम्पन्न भएको घोषणा गरे पछि प्रहरीले घटनालाई ढाकछोप गर्न लागेको हो भनेर प्रहरी माथि प्रश्न समेत उठन थालेको छ ।केहि महिना पहिला पचरौता नगरपालिकामा भएको घटनामा समावेश भएको सुटरहरु नै मिलेर पुनः रुपेश स्वर्णकारको हत्या गरेको छ ।प्रहरीको लिस्टमा पहिला नै फरार रहेका सुटरहरु कसरि पुनः नेपाल आएर स्वर्णकारको हत्या गर्यो भनेर यति खेर जिल्ला प्रहरी कार्यालय बारा माथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । २ वटा घटनामा समेत एउटै सुटर समूहले घटनालाई अन्जाम दिएर पुनः भारत भाग्ने कुराले बारा प्रहरीको सुरक्षा फितलो भएको स्पष्ट पारेको छ ।सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।









