सप्तरी २,असोज ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की किशोरी संगीता मण्डलको बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय बल्लु भनिने सुमन कुमार मण्डल र रन्जित मण्डल छन् । उनीहरुलाई बलान बिहुल गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।पक्राउ परेकाहरु बलात्कारमा मुख्य आरोपी हुन् । आरोपीमध्ये अन्य दुई जना फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी भारतीले बताउनुभयो।
गत २९ भदौमा धानखेतमा पानीको अवस्था हेर्न गएकी संगीतामाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेका थिए । गाउँका अगुवाहरुले केही नगद दिएर घटना मिलापत्र गर्न दबाव दिएका थिए । त्यही पीडाबाट विक्षिप्त संगीताले आत्महत्या गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here