रौतहट,२६ भदौ।
रौतहटमा एक व्यक्ति माथि धारिलो हतियार प्रहार भएको छ। राजपुर नगरपालिका वडा नंबर २ फतुवा महेशपुर टोल का ५४ बर्षीय सुरज मुखिया धारिलो हतियार प्रहार भएको हो । प्रहारबाट मुखिया गम्भीर घाईते भएका छन् । बिहान ५:३० बजेको समयमा धान खेत हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले मुखियालाई छुरा प्रहार गरि फरार भएका छन्। घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा समान्य उपचार पश्चात् थप उपचारको लागि बिरगंज लगिएको रौतहटका प्रहरि प्रबक्ता डिएसपी भरत श्रेष्ठले बताए । छुरा प्रहार गर्ने व्यक्तिको समेत खोजि भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here