रबिन्द्र यादव

नवलपरासी पुश्चिम, १५ भदौ ।

नवलपरासी पुश्चिमको बर्दघाटमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी–पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जाँदै गरेको से १ च २२३३ नम्बरको स्कारपियो बर्दघाट ४ स्थित सडकमा बाटो काट्ने क्रममा एक बालकलाई ठक्कर दिएको हो । ठक्करबाट बारा कलैया घर भई बर्दघाट बस्दै आएका १० वर्षीय सबिन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भिर घाईते बालकलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिएपछि अनियन्त्रीत स्कारपियोले विपरित दिशाबाट जादै गरेको लु २९ प १८९३ नम्बरको स्कुटीलाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटी चालक र स्कारपियोमा सवार सबै यात्रु सकुुशल रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मीले जानकारी दिए । ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here