रौतहट,१५ भाद्र ।
रौतहटको यमुनामाई गाउपालिकाले आफना पालिका भित्र कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ ।
गाउपालिकाको वडा नं.३, राजपुर तुलसी निवासी शेख जैनुल मियाँको परिवारलाई नगद ५० हजार दिने घोषणा पालिका प्रमुख श्रीप्रसाद मुखियाले गरेका छन् । आईतबार मृत्यु भएका जैनुलका परिवारलाई प्रमुख मुखियाले शान्तवन्ता दिदैं भरपोषणका लागि ५० हजार नगद दिने घोषणा प्रेस विज्ञप्ती निकाल्दैं गरेका छन् । कोरोना बाट मृत्यु भएका परिवारजनलाई राहत उपलब्ध गराउने सम्भवत रौतहटमा यो पहिलो पालिका रहेको छ ।








