रौतहट, १५ भाद्र ।
रौतहटको गरुडा नगरपालिकाको पाचौं नगरसभा सोमबार भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा आयोजित नगर सभामा नगरपालिकाका नगर प्रमुख इन्नुराय यादवले आर्थिक वर्ष २०७७।०७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै सभा सम्पन्न गराएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा नगर प्रमुख इन्नु राय यादव यादव र उपप्रमुख रंगीला देवी जयसवाल विच भएको आन्तिरीक विवादका कारण रोकिन गएको विकास कार्य र नगर सभा भने आज दुवैको सहमति तथा सहकार्यमा भएको देखिएको छ ।
आज भएको नगरसभामा चालु आर्थिक वर्षका लागि नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले ६४ करोड ८६ लाख ६७ हजार ३७० बराबरको आय व्यय सहितको बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, भौतिक पुर्वाधारका साथै बर्तमान अवस्थामा रहेको कोरोना भाईरस तथा यस्ता महामारीहरुबाट बच्न विषेश बजेटको व्यवस्थापन गरेको छ ।
नगर सभामा नगर उपप्रमुख रंगीला देवी जसवालले नगरको विकासका लागि विगतका दिनमा भएका सबै कमिकमजोरीहरु विर्सदैं सबैजना संगै मिलेर अगाडी बढने बताएकी छिन् ।
आज सम्पन्न नगरसभामा जनता समाजवादी पार्टीका नेता बृज यादव एवम नगरपालिकाका सबै जनप्रतिनीधीहरुको सहभागीता रहेको थियो ।